साउन,३-

राजधानीको टेकुमा आइतबार दिउँसो गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो । प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएको ब्यूरोका एक अधिकारीले जानकारी दिए । प्रहरीले घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्