काठमाडौं । गत आईतबारबाट शुरु भएको सुनसरी घटनापछि दलहरूले संयुक्त रुपमा पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । दलहरूले शान्तिपूर्ण संवाद, संयमता र अफवाह नियन्त्रणमा जोड दिँदै नागरिक र सञ्चारमाध्यमलाई जिम्मेवार बन्न समेत अनुरोध गरेका छन् ।
आज बुधबार सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी भएका थिए ।
सर्वदलीय बैठकले पछिल्ला घटनामा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु तथा सुरक्षाकर्मीहरूको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।




