साउन,४-

६४औँ इन्जिनियर्स दिवस २०८३ को अवसरमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजप्रति इन्जिनियरहरूको सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा उल्लेखनीय संख्यामा रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रम सफल बनाउन अमूल्य रगत दान गर्ने सम्पूर्ण रक्तदाताहरू, नेपाल रेडक्रस सोसाइटी, स्वयंसेवकहरू, सहयोगी संस्था, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।

कार्यक्रमका अवसरमा CDEN मकवानपुरका सभापति इन्जिनियर अनिल बानियाले इन्जिनियरिङ पेशा पूर्वाधार निर्माणमा मात्र सीमित नभई समाजप्रति उत्तरदायी सेवा, मानवीय मूल्य र सामाजिक अभियानमा सक्रिय सहभागिताको माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। “रक्तदान जीवनदान हो, तपाईंको एक थोपो रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले मानव सेवाप्रति सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

-हेटौंडा

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्