साउन,४-
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए । “सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो”, उनले भने, “केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।”



