नेपाल ट्रक यातायात व्यवसायी महासंघले ओभरलोड निरुत्साहित अभियान शुरु गरेको छ । महासंघले आफ्ना सदस्य व्यवसायीहरुलाई सरकारले तोकेको मापदण्ड अनुरुप मात्रै भार बोक्न आग्रह गर्दै स्वस्थ प्रतिस्पर्धा गरेमा व्यवसायी दीगो हुने केन्द्रीय अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बताएका छन् ।

महासंघको प्रतिनिधित्व गर्दै नेपाल सरकारको सम्वद्ध निकायहरुमा विभिन्न चरणमा छलफल समेत गरिरहेको र भन्सार बिन्दु र नेपाल भित्रको उद्गम स्थलबाट नै भार मिलान गर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष बानियाको भनाई छ । पछिल्लो समय मालबाहक सवारीले क्षमता भन्दा बढी भार बोक्नाले सडक, पुल पुलेसामा क्षति पुग्नुका साथै सवारी दुर्घटनाको जोखिम बढिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्