चितवन । इच्छाकामना गाउँपालिका वडा नं.–५ खहरे खोलामा आज बिहान साढे ८ बजे सुक्खा पहिरो खस्दा अवरोध भएको सडक सुचारु भएको छ । सो खोला पुलमा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएपछि केहीबेर अघिबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ ।
अत्यावश्यक सवारी तथा दुईपाङ्ग्रे सवारीलाई विहान ११ बजेबाट जान दिईएको थियो । पहिरो पन्छाउनका नारायणगढबाट लोडर, एक्सकाभेटर र मुग्लिनबाट लगिएको लोडर प्रयोग गरिएको थियो ।
उक्त स्थानमा ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो । अहिले पहिरो पन्छाएसँगै सडकमा रोकिएका सबै सवारीसाधन आफ्नो गन्तव्यतर्फ अघि बढिसकेको चितवन प्रहरीले जनाएको छ ।




