हेटौँडा । जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३ सय १५ मुद्दा फर्छ्यौट गरेको छ । अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका १ हजार २ सय ४३ मुद्दा र आव २०८२/८३ मा नयाँ दर्ता भएका २ हजार ३९३ मुद्दा गरी कुल ३ हजार ६ सय ३६ मुद्दा रहेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिएका छन् ।

अदालतमा दर्ता रहेका मध्ये १८ महिना नाघेका मुद्दा २६ रहेकामा दुई वर्ष नाघेका मुद्दा भने शून्य सङ्ख्यामा रहेको अदालतले जनाएको छ । गत आवमा इजलासको आदेश बमोजिम मेलमिलापमा पठाइएकामा मेलमिलापकर्तामार्फत मेलमिलाप भएको मुद्दा सङ्ख्या ५३ रहेको थियो । मेलमिलापकर्तामार्फत मेलमिलाप भइआएका मुद्दाको सफलता १९.७७ प्रतिशत रहेको सूचना अधिकारी कौशिकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्