साउन,४-

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने भएका छन् । सहकारीले गत आर्थिक वर्षमा उठ्नु पर्ने ब्याज साउन मध्यसम्म उठ्दा पनि आयमा समावेश गर्न पाउने भएका हुन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गत आर्थिक वर्षमा पाकेको तर चालु आवको साउन १५ गतेसम्म उठेको ब्याजलाई नाफामा देखाउन पाउने व्यवस्था गरेको हो । सहकारी संस्थाको कर्जा नउठ्ने वा ढिला उठ्ने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले १५ दिनसम्मको उठेको ब्याजलाई नाफामा गणना गर्न पाउन व्यवस्था गरेको छ ।प्राधिकरणले असार ३२ गते निर्देशन जारी गर्दै बचत तथा ऋण सहकारी संस्थाको हकमा गत आर्थिक वर्षका लागि १५ दिन थप गरेको हो । यसभन्दा अघि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाको हकमा पनि सोही व्यवस्था गरेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्