आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी ४ हजार २४० रुपैयाँ थियो ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्