साउन,३-

भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लामा शुक्रबार बिहान यात्रुबाहक रेलसँग विद्यालय भ्यान ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । करनासुबर्णा स्टेशननजिक भएको दुर्घटनामा विद्यालय भ्यानमा सवार दुई जना विद्यार्थी र साइकल चलाइरहेका एक वृद्धको मृत्यु भएको हो ।

यो दुर्घटना बिहान करिब ६:४१ बजे कटवा–अजीमगञ्ज रेल खण्डअन्तर्गत लेभल क्रसिङ गेट नम्बर २४ए/२ मा भएको थियो । निमटीटा–कटवा यात्रुबाहक रेल (नम्बर ५३०५४) रोयल एकेडेमी विद्यालयका विद्यार्थी बोकेको टाटा सुमो विद्यालय भ्यान र एक साइकलसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका तीन जना विद्यार्थी र टाटा सुमोका चालकलाई मुर्शिदाबाद मेडिकल कलेज तथा अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्