साउन,४-

आइतबार दिउँसाे एक्कासी विश्वभर अचानक अवरुद्ध भएको सामाजिक सञ्जाल फेसबुक सेवा बिस्तारै पुनः सञ्चालनमा आउन थालेको छ। प्राविधिक समस्याका कारण साढे १० बजेपछि लगइन र फिड लोड हुन छोडेको फेसबुकमा अहिले सुधार देखिएको हाे । अवरोधका कारण विशेषगरी डेस्कटप ब्राउजर प्रयोगकर्ताहरू मारमा परेका थिए, जहाँ अकाउन्ट अस्थायी रूपमा उपलब्ध नभएको सन्देश देखाइएको थियो। हाल धेरैजसो स्थानमा डेस्कटप संस्करण र मोबाइल एप दुवै सामान्य रूपमा चल्न थालेका छन्। इन्टरनेटको अवस्था ट्र्याक गर्ने ‘डाउनडिटेक्टर’मा पनि फेसबुक सम्बन्धी गुनासोको ग्राफ तीव्र गतिमा घट्न थालेको छ । फेसबुकको मातृ कम्पनी मेटाले आधिकारिक रूपमा यसको कारण नखुलाए पनि आन्तरिक सर्भर अपडेट वा प्राविधिक त्रुटिका कारण केही समयका लागि सेवा प्रभावित भएको अनुमान गरिएको छ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्