साउन,४-
थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ। फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जितेको हो। त्यहाँबाट कुरा गर्दै ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगितामा ‘एनडिए जुनियर’ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुईवटा स्वर्ण पदक चुमेको बताए। साथै, जुनियर क्रु विधामा दोस्रो हुँदै सोही समूहले नेपाललाई रजत पदक पनि दिलायो। त्यस्तै, ‘टिम एनटी’ले लोक विधामा दमदार प्रस्तुति दिँदै अर्को स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भयो। खुला विधातर्फ भने नेपाल चौथो स्थानमा रहेको गहतराजले जनाए।




