सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो । पाकिस्तानले पहिलो सेट २५–१४ अंकले तथा दोस्रो सेट २५–१८ अंकले जित्यो ।

खेलको तेस्रो सेट पनि पाकिस्तानले २५–१० अंकले जित्यो । नेपालले अब यही १० साउनमा बंगलादेशसँग खेल्ने छ । उक्त प्रतियोगितामा नेपालसहित छ देश सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्