साउन,३-

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् । संख्या भने खुलेको छैन ।

प्रहरीका अनुसार दाङबाट काठमाडौं आउँदै गरेको लु.प्र.०२-००१ ख ०५०५ र नारायणगढबाट काठमाडौं जाँदै गरेको बा. प्र. ०३ ००१ ख १६७१ नम्बरको बस ठोक्किएका हुन् । अर्को काठमाडौंबा नारायणगढतर्फ आउँदै गरेको गाडीको नम्बर खुलेको छैन । ठोक्किएको निलो रङको बस नारायणगढबाट काठमाडौं जाँदै थियो भने राजधानी एक्सप्रेस नारायणगढतर्फ आउँदै थियो । दुर्घटनामा नारायणगढबाट मुग्लिनतिर जाँदै गरेको राजधानी एक्स्प्रेस बसका चालक गम्भीर घाइते भएका छन् । वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो । सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्