साउन,३-

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो बनेको छ । तेस्रो स्थानका लागि आइतबार बिहान भएको खेलमा फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्डले यो उपलब्धि हासिल गरेको हो । रोमाञ्चक बनेको खेलको पहिलो हाफमा इङ्ग्ल्यान्डले ४–० गोलको अग्रता लिएको थियो । पहिलो हाफमा इङ्ग्ल्यान्डका डेक्लान राइस र एज्री कोन्साले १/१ तथा बुकायो साकाले २ गोल हानेका थिए । त्यसपछि दोस्रो हाफ झनै रोचक बनेको थियो । जसमा फ्रान्सका केलियन एमबाप्पे २ तथा ब्राडली बार्कोला र उस्मान डेम्बेलेले १/१ गोल गरे । भने इङ्ग्ल्यान्डका जुड बेलिङ्घम र साकाले थप १/१ गोल गरे । यसरी खेलको नतिजा इङ्ग्ल्यान्डको पक्षमा पर्‍यो । यो खेलमा २ गोल गरेका एम्बाप्पे गोल्डेन बुटको प्रतिस्पर्धामा शीर्ष स्थानमा पुगे । प्रतिस्पर्धाको दोस्रो स्थानमा रहेका मेस्सीको ८ गोल छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्