काठमाडौं । इन्टरनेट प्रदायक संस्था वर्डलिङ्क कम्युनिकेसनको सेवा देशका ११ लाख घरमा जडान भएको छ । कम्युनिकेसन्स प्रालिले देशभरीका ११ लाख घरधुरीमा आफ्नो सेवा विस्तार गरेको घोषणा गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत ग्राहकको विश्वास र साथका कारण यो सफलता हासिल हुन पुगेको जनाएको छ । यो उपलब्धि कम्पनीको मात्र नभई नेपालभरका आफ्ना सेवाग्राहीको साझा सफलता भएको उल्लेख गर्दै सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

सन् १९९५ बाट सेवा शुरु गरेको वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक संस्था हो । यसले देशका ७० भन्दा बढी जिल्लाहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्