काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउन १३ गतेदेखि साउन १६ गते बिहान ९ बजेसम्मको अवधिमा ती व्यक्तिहरु पक्राऊ परेको जनाएको छ ।
प्रहरीले धनुषा जिल्लाको विभिन्न स्थानबाट ४५ जना पक्राउ गरेको जनाएको छ । त्यसैगरी, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना, सुनसरीबाट २ जना, पर्साबाट १ जना र सप्तरीबाट १ जना गरी ६५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




