काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार गम्भीर नबनेको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनीको सम्पूर्ण काम–कारोबार बन्द गर्ने घोषणा गरेको छ।
संघका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि रोकिएको छ। यसअघि आन्दोलनकै क्रममा पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन र भिसा स्ट्याम्पिङलगायतका सेवा रोकिएका थिए। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई वैदेशिक रोजगारीका लागि पठाउन दिइएको समयसीमा समेत सकिएपछि संघले पूर्ण रूपमा कारोबार बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संकेत गरेको छ।
Share This:



