धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ। आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय सवारीसाधन आवतजावत प्रभावित भएको थियो। प्रहरीका अनुसार पहिरो हटाएपछि अहिले सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। राजमार्ग खुलेसँगै रोकिएका सवारीसाधनसमेत गन्तव्यतर्फ अघि बढेका छन्।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्