सिन्धुली । सुनकोशी नदीमा जिप खस्दा तीनजना बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका– २, नवलपुर–सिन्धुली खण्डमा सोमबार बिहान साढे ११ बजेको काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले प्रदेश ३–०१–०१४ च ९५७३ नम्बरको रोकिराखेको कारलाई बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । उक्त कार मध्यपहाडी लोकमार्ग निर्माण तथा मर्मत गरिरहेको ठेकेदार कम्पनीको हो । सडकछेउमा रोकेर राखिएको कारलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिने बस र चालक प्रहरी चौकी खाङसाङको नियन्त्रणमा रहेको छ ।
दुर्घटनापछि सुनकोशी नदीमा खरेको कारमा ठेकेदार जुगल गाउँपालिका– ७, सिन्धुपाल्चोकका ३९ वर्षीय दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १, डुड्भञ्ज्याङका गणेश थापा र नाम ठेगाना नखुलेका एकजना हेल्पर रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर खोजी कार्य गरिरहेको छ ।
Share This:




