वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) रोक्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले बिहीबार नयाँ आदेशमा हस्ताक्षर गरेका हुन् । नयाँ आदेश लागू भएमा गैर–नागरिक अभिभावकबाट अमेरिकामा जन्मिएका सन्तानलाई जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लाग्ने छ । ट्रम्प प्रशासनले पछिल्लोसमय बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती महिलाहरू अमेरिका जाने अभ्यासमा रोक लाग्ने बताएको छ । ट्रम्प प्रशासनले विशेषगरी रूस र चीनलगायतका देशका नागरिकहरूले जन्मसिद्ध नागरिकता पाउने प्रावधानलाई टेकेर अमेरिकामा बच्चा जन्माउन आउने गरेको आरोप लगाएको छ ।

बिबिसीका अनुसार माइग्रेसन पोलिसी इन्स्टिच्युटको अनुसार हरेक वर्ष करिब २२ हजारदेखि २६ हजार शिशु जन्मिने तथ्याङ्क सार्वजनिक गरेको छ । ट्रम्प प्रशासनले केही व्यक्तिहरू पर्यटकका रूपमा अमेरिका प्रवेश गरे पनि उनीहरूको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता प्राप्त गराउनु रहेकोले यस्तो प्रावधान ल्याउन लागिएको दाबी गरेको छ ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्