काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा कर छुट दिँदा अनियमितता भएको आरोपमा कार्कीविरुद्ध मुद्दा दायर भएको थियो। सोही प्रकरणमा सुनुवाइ गर्दै विशेष अदालतको इजलासले धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।

नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला सदस्य रहेको इजलासले कार्कीलाई १५ लाख रुपैयाँ धरौटी तोकेको हो। कार्कीमाथि विमानस्थल निर्माणसँग सम्बन्धित कर छुटको निर्णयमा भ्रष्टाचार भएको आरोप लगाइएको थियो। अदालतको पछिल्लो आदेशसँगै उनी धरौटी बुझाएर मुद्दाको कानुनी प्रक्रियामा रहनेछन्।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्