चितवन / चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा प्रवेश गरेर एक स्थानीयलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ। आइतबार बिहान करिब ६ः४० बजे बस्तीमा आएको बाघले ६० वर्षीय ठाकुर अधिकारीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरेको थियो। आक्रमणबाट गाई सामान्य घाइते भएको जनाइएको छ। बाघ बस्तीमा प्रवेश गरेपछि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरिएको थियो। टोलीले खोजी तथा निगरानी गर्ने क्रममा बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिन सफल भएको हो। बाघलाई नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्