रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शुक्रबार बिहान करिब ८ बजे स्थानीय वीरु घर्ती मगरको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका थिए । घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोलीले खोजी कार्य सञ्चालन गरेको थियो । खोजीका क्रममा पहिरो गएको ३ भण्टापछि करिब ११ बजे बेपत्ता तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share This:



