मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको खेलमा आफूहरु नलाग्ने निर्णय गरेको छ । राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा हिजो बिहीबार बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुसार बागमती प्रदेश सरकारमा आफूहरु सहभागी नहुने निर्णय संसदीय बैठकद्वारा सर्वसम्मतिले पारित भएको छ । राप्रपाको यो निर्णयले बागमती प्रदेशको सरकार गठन र विघटन प्रक्रिया झनै जटिल बनेको छ ।




