काठमाडौँ । रोमानियाको पूर्वी शहर बकाउमा आइतबार बिहान भएको रेल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय आपतकालीन निकायका अनुसार, उक्त दुर्घटना बिहान करिब ३ः२१ बजे चिमिएई स्ट्रिटमा भएको हो, जहाँ ती दुई जनालाई गुडिरहेको रेलले ठक्कर दिएको थियो । बकाउ आपतकालीन अवस्था निरीक्षणालय (ISU) का अनुसार घटना लगत्तै दमकल, उद्धार टोली, मोबाइल इन्टेन्सिभ केयर युनिट तथा एम्बुलेन्ससहितको टोली पुगेको थियो ।
उद्धार टोली घटनास्थलमा पुग्दा दुवैजनाको मृत्यु भईसकेको जनाएको छ । मृतकहरूको नाम नेपालको ठेगाना पहिचान खुलेको छैन । घटनास्थलका उनीहरु कसरी पुगे भन्ने विषयमा प्रहरी तथा रेल प्रशासनले अनुसन्धान शुरु गरेका छन् ।
स्रोतः https://www.desteptarea.ro
Share This:



