रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका १० वर्षीय मोहम्मद रमतुला र १० वर्षीया सबनम खातुनको शव बुधबार बिहान नदी किनारमा फेला परेको हो।

प्रहरीले मोहम्मदको शव घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण तथा सबनमको शव करिब ५.२ किलोमिटर दक्षिणतर्फ फेला पारेको जनाएको छ। दुवै शव प्रहरी टोलीले खोजीका क्रममा बरामद गरेको हो। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बेपत्ता भएका अर्की १० वर्षीया रौशन खातुनको खोजी कार्य भने जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्