सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीले राजविराज र बोदेबरसाइन नगरपालिकामा आइतबार दिउँसोबाट कफ्र्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बोदेबरसाइन र राजविराज क्षेत्रमा कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट ती स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

सूचना अनुसार राजविराजको पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।

प्रशासनले ती स्थानभित्रको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाइने गरी अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू भएको जनाएको छ ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्