प्युठान । प्रहरीले प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्वीर सामुदायिक वनबाट ३२ थान अवैध भरुवा बन्दुक तथा तिनका पार्टपुर्जा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा वनभित्र पातले छोपेर लुकाइ राखिएको अवस्थामा ती हतियार फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरिएकोमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, चार थान भरुवा बन्दुकको नाल, एक थान बटको कुण्डा र तीन थान चाप रहेका छन् । प्रहरीले सबै अवैध हतियार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
Share This:



