काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणभदौ अन्तिम साताका लागि तय गरिएको छ। यसअघि लामिछाने अगस्टको दोस्रो साता चीन जाने तयारीमा थिए। तर, भ्रमणको आन्तरिक तयारीलगायतका कारण निर्धारित कार्यक्रम केही समय पछि सारिएको स्रोतले जनाएको छ।

भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवर पुग्ने कार्यक्रमसमेत तय भएको बताइएको छ। यसअघि उनको भ्रमणमा मानसरोवर समावेश हुने वा नहुनेबारे निश्चित थिएन। चीनमा रहँदा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको छ। यद्यपि, चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने भेटवार्ता नहुने स्रोतको भनाइ छ। यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका लामिछानेले चीन भ्रमणमा पनि उच्चस्तरीय भेटवार्ताको तयारी अघि बढाएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षसँग सोही प्रकृतिको भेटवार्ता मिलाउन पहल भइरहेको छ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्