रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका २७१ परिवारले झण्डै ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् । साबिक बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रअन्तर्गत २०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको जग्गा एकपटक नापी सम्पन्न भएको लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन् ।
उक्त क्षेत्रमा कुल ३ सय २४ वटा जग्गा दर्ता कायम भएकोमा हाल २७१ वटा लालपुर्जा वितरण गरिएको जनाइएको छ । दशकौँदेखि जग्गाको कानुनी स्वामित्व प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीयका लागि लालपुर्जा वितरणलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार र विभिन्न प्रशासनिक सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
Share This:



