काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार थाइल्याण्डबाट नेपाल आएका शंकास्पद यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो। पक्राउ परेकाहरू थाइ एअरवेजको उडानमार्फत काठमाडौं आएका थिए।
पक्राउ परेका व्यक्तिहरूको साथबाट लागू औषध गाँजा करिब ९ केजी बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Share This:



