काठमाडौं । कपिल रिजालको निर्देशनमा बनेको नेपाली फिल्म ‘गौंथली’ घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ। योसँगै फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ।

सोमबार दिउँसो ४ बजेसम्मको बक्सअफिस विवरणअनुसार ‘गौंथली’ले २० करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मले हालसम्म करिब ७ लाख २९ हजार दर्शक हलसम्म तान्न सफल भएको बताइएको छ। २० करोडको आँकडा पार गर्ने क्रममा ‘गौंथली’ले यसअघि तेस्रो स्थानमा रहेको **‘१२ गाउँ’**लाई पछि पारेको हो। ‘१२ गाउँ’ले घरेलु बजारमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो।

व्यावसायिक प्रदर्शनमा निरन्तर राम्रो प्रतिक्रिया पाइरहेको ‘गौंथली’ अब सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा ‘कबड्डी ४’ र **‘पूर्णबहादुरको सारंगी’**पछि रहेको छ। फिल्मको पछिल्लो कलेक्सनले यसको लोकप्रियता अझै कायम रहेको संकेत गरेको छ। आगामी दिनमा प्रदर्शनबाट हुने थप आम्दानीसँगै ‘गौंथली’ले आफ्नो र्‍याङ्किङ अझ माथि लैजाने सम्भावना देखिएको छ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्