काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आज समापन हुँदैछ।आयोजकका अनुसार पाँच दिनमै एक्स्पोमा सहभागी दर्शकको संख्या १ लाख ५० हजार नाघेको छ। शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनप्रति दर्शकको विशेष चासो देखिएको आयोजकले जनाएको छ। एक्स्पोमा विभिन्न ब्रान्डले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। ब्याट्री क्षमता, रेन्ज, वारेन्टी, बिक्रीपछिको सेवा र मूल्यबारे अवलोकनकर्ताले बढी चासो राखेका छन्।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्