काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।यसअघि बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। एकैदिन भएको यो वृद्धि पछिल्लो समयकै उल्लेखनीय मूल्यवृद्धिमध्ये एक मानिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ५७० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेसँगै यसको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार सुनको मूल्य प्रतिऔँस ४ हजार २६५ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ। विश्व बजारमा आएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको महासङ्घले जनाएको छ।

Share This:
0Shares

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्